काठमाडौंमा शिक्षक माथि कुटपिट गर्ने सुनसरी र सिन्धुली घर भयका दुई जाना पक्राउ
1 week ago
असोज २५ गते ✍️आइतबार होप अनलाईन मिडिया
काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त बौद्धको टोलीले आइतबार सुनसरीका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीका ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत असोज २२ गते बिहान विद्यालय परिसरमै दाहालले एक शिक्षिकालाई अश्लील शब्द प्रयोग गरी गालीगालौच गर्नुका साथै प्रधानाध्यापकमाथि हातपात गरेका थिए। अनुसन्धानका क्रममा घिमिरेको उक्साहट र निर्देशनमा दाहालले प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार गरेको खुलेको छ।
पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
नेपाली कांग्रेस १५ औँ महाधिवेशन: ७,११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक
चट्याङ को झिल्का भेट्दा सात जाना घाइते