क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक

 

जेठ ३० गते ✍🏿 होप अनलाईन मिडिया

फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न खेलमा क्यानडा र बोस्निया तथा हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा बोस्नियाले पहिलो गोल गर्दै अग्रता बनाएको थियो। टोलीका जोभो लुकिचले २१औँ मिनेटमा जाली चुमाउँदै आफ्नो टोलीलाई अघि बढाएका थिए।

पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेलमा पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा काइल लारिनले महत्वपूर्ण गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

बाँकी समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमै समाप्त भयो। यस नतिजासँगै क्यानडा र बोस्निया तथा हर्जगोभिनाले प्रतियोगितामा एक–एक अंक जोड्न सफल भएका छन्।

अब विश्वकपअन्तर्गतको अर्को खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *