कार्तिक २१, २०८३

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा

16 hours ago

 

कात्तिक २० गते ✍️ होप अनलाईन मिडिया

 

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल करियरलाई विश्राम दिने निर्णय सार्वजनिक गरेका छन्। पोर्चुगलका कप्तान रोनाल्डोले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका हुन्।

४१ वर्षीय रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत उनकै नाममा रहेको छ।

सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका रोनाल्डोले करिब २३ वर्षसम्म देशको प्रतिनिधित्व गरे। यस अवधिमा उनले पोर्चुगलको जर्सीमा अनेकौँ ऐतिहासिक उपलब्धि हासिल गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन्।

७ नम्बरको जर्सी लगाएर देशका लागि खेल्न पाउनु आफ्नो जीवनको ठूलो सौभाग्य भएको उल्लेख गर्दै रोनाल्डोले अब उक्त जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।

रोनाल्डोको सन्यास घोषणासँगै विश्व फुटबलमा एउटा ऐतिहासिक अन्तर्राष्ट्रिय अध्यायको अन्त्य हुने भएको छ।