२०८३ साउन ५, मंगलवार

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक

2 days ago

 

साउन ३गते ✍️ होप अनलाईन मिडिया

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यात्रुबाहक बसले अगाडि गुडिरहेको ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएको थियो। त्यसपछि तीनवटै सवारीसाधन एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल

जमा तथा अन्य ९ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था निगरानीमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय सडक अवरुद्ध बने पनि प्रहरी र उद्धार टोलीले सवारीसाधन हटाएपछि यातायात सञ्चालन पुनः सामान्य भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।