नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै सबै फाईल खोल्ने भनाई
4 hours ago
जेठ २६ गते ✍🏿 होप अनलाईन मिडिया
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार सम्हालेसँगै देशमा रोकिएका तथा संवेदनशील अनुसन्धान फाइललाई तीव्र रूपमा अघि बढाइने संकेत दिएका छन् । उनले अब कुनै पनि महत्वपूर्ण अनुसन्धान फाइल थन्किने अवस्था नरहने स्पष्ट पारेका हुन् ।
पदभार ग्रहणपछि सार्वजनिक गरिएको निर्णयअनुसार नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अझ प्रभावकारी र सक्षम बनाइने भएको छ । गृहमन्त्री गुरुङले विशेषगरी आर्थिक अनियमितता, संगठित अपराध तथा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राख्दै प्रक्रियामा रहेका मुद्दालाई छिटो निष्कर्षमा पुर्याउन निर्देशन दिने निर्णय गरेका छन् ।
यसका साथै जटिल प्रकृतिका अपराध अनुसन्धानका लागि सीआईबीभित्र विषयगत तथा विशिष्टीकृत टोली गठन गर्ने तयारीसमेत गरिएको छ । यस कदमले ठूला आर्थिक अपराध र संगठित आपराधिक गतिविधिमाथिको अनुसन्धानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
पदभार सम्हाल्ने क्रममा गृहमन्त्री गुरुङले आफ्नो पुनरागमनले केही व्यक्तिलाई उत्साहित बनाएको र केहीलाई असहज महसुस गराएको टिप्पणी गर्दै कानुनको दायरामा सबै विषयलाई निष्पक्ष रूपमा अघि बढाइने बताएका छन् ।
सीआईबी नेपाल प्रहरीको गम्भीर र जटिल अपराध अनुसन्धान गर्ने विशेष निकायका रूपमा परिचित छ ।
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने