बिष्णु माझी र यान प्रसाद न्यौपानेको स्वरमा टिका सानुको दर्दनाक अभिनय रहेको अंगालो
4 years ago
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीका अब्बल गायक यानप्रसाद न्यौपानेको नया लोक गित ‘अंगालो’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।
सुप्रसिद्ध दोहोरी गायिका बिष्णु माझी र गायक यान प्रसाद न्यौपानेले गाएको गितमा न्यौपानेकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा श्याम श्वेत रसाईलीको संगित संयोजन रहेको छ । निकै मिठा मर्मस्पर्शी शब्दहरुको भावमा सजिएको उक्त गितमा प्रेमिकल परदेशीनुको पिडालाई विषयबस्तु वनाएर चित्रण गरिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।
गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । निशान बानियाको उत्कृष्ट निर्देशन एवम् कथाबस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा टिका सानु र यानप्रसाद न्यौपानेको मनछुने अभिनय रहेको छ ।
गितमा टिका सानु यान प्रसाद श्रीमान श्रीमती भएका छन् , श्रीमान् घरको आर्थिक अवस्था नाजुक भएकाले परदेशी हुन वाध्य हुन्छन् तर परदेशीमा उनि दुर्घटनामा परि अंगभंग हुन्छन् र उनि नेपाल फर्कन्छन् । अपांग श्रीमान यानप्रसाद लिन टिका एरपोर्ट पुग्छिन् श्रीमानको अवस्था देख्दा टिका भक्कानो छुटेर रुन्छिन् यस्तै कथाबस्तु गितमा देखाईएको छ | सुख पर्दा सबैले साथ दिने तर दुख पर्दा कसैले वास्था नगर्ने यथार्थ कहानीलाई अत्यन्तै उत्कृष्ट शैलीमा निशान बानियांले गितको म्युजिक भिडियोमा उतारेका छन् ।
गितको म्युजिक भिडियोलाई महेश महराले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा लोकप्रिय वनिरहेको छ । गित Yan Prasad Neupane अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै