महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
2 months ago
जेठ १२गते ✍️ होप अनलाईन मिडिया
महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा रहेको बीपी राजमार्ग मा जिल्ला वन कार्यालयको गाडीमा आगजनी भएको छ। जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी चढेको बा २ झ २७४९ नम्बरको सवारी साधनलाई स्थानीय प्रदर्शनकारीले आगो लगाएको प्रहरीले जनाएको छ।
वन क्षेत्रभित्र रहेको बस्ती हटाउने विषयमा सूचना टाँस गर्न पुगेका वन कार्यालयका कर्मचारीप्रति स्थानीयवासी आक्रोशित बनेपछि स्थिति तनावपूर्ण भएको थियो। सोमबार साँझदेखि स्थानीयले कर्मचारीलाई नियन्त्रणमा लिएर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शन उग्र बन्दै गएपछि गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिबास ले जनाएको छ। घटनापछि प्रहरीले वन कार्यालयका कर्मचारीलाई सुरक्षित रूपमा उद्धार गरेको बताइएको छ।
स्थानीयवासीको विरोध प्रदर्शनका कारण बीपी राजमार्ग अझै अवरुद्ध रहेको र यातायात सञ्चालन प्रभावित बनेको स्थानीय स्रोतले जनाएको छ।
इरानी आक्रमणमा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक