शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
5 months ago
जेठ ८गते ✍️ होप अनलाईन मिडिया
नेपाल विद्युत् प्राधिकरण ले काठमाडौँ महानगरपालिका अन्तर्गत शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध विहार आसपास, शंखमुल पुल क्षेत्र, रोजबड स्कूल वरपर, भृगु मार्ग तथा रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्य जारी रहेकाले सेवा केही घण्टाका लागि रोक्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ । काम तोकिएको समयअघि सम्पन्न भएमा विद्युत् सेवा तत्काल पुनः सञ्चालन गरिने पनि सूचनामा उल्लेख छ ।
यस्तै, मौसम प्रतिकूल भएमा मर्मत तथा निर्माण कार्यको समय तालिकामा परिवर्तन हुन सक्ने जनाइएको छ ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा