असाेज २१गते देखि मङ्सिर ३गते सम्म सुपथ मुल्य को पसल सञ्चालन हुने के के मा पाईन्छ छुट
3 years ago
असाेज १०गते:सरकारले आगामी असोज २१ देखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाइने भएको छ । व्यापारीहरुले चिनीको मूल्य कृत्रिम तरिकाले बढाएर हाल १२० रुपैयाँसम्म बिक्री गरेका बेला सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै पाइने भएको हो ।
सरकारले मूल्य नियन्त्रणका लागि मंसिर ३ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । यी सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले उपभोक्तालाई चिनी प्रतिकिलो ९७ रुपैयाँमै बिक्री गर्नेछ । त्यस्तै नुनमा प्रतिकिलो २ रुपैयाँ छुट हुनेछ । तेल प्रतिलिटर ७ रुपैयाँ, चिउरा प्रतिकिलो ७ रुपैयाँ छुटमा पाइने कर्पोरेसनले जनाएको छ ।
सुपथ मूल्य पसलमा सबै किसिमका चामल, दाल गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा प्रतिलिटर/प्रतिकिलो अन्य समयमा भन्दा ७ रुपैयाँ छुट दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कगुनोमा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ ।
जिउँदो खसीबोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । दुग्ध विकास संस्थानले पनि दुग्धजन्य पदार्थमा छुट दिने छ । जसअनुसार घिउ हालको भन्दा प्रतिकेजी २० रुपैयाँ छुट हुनेछ । २ सय ग्राम पनिरमा २० रुपैयाँ र ५ सय ग्राम पनिरमा ५० रुपैयाँ छुट हुने संस्थानले जनाएको छ ।
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै