आज बुधवार को राशिफल
10 hours ago
आजको राशिफल: २०८३ वैशाख ९ गते, बुधबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा पदोन्नति वा नयाँ जिम्मेवारी हात लाग्ने प्रवल सम्भावना छ। परोपकारी काम र नातागोताको सहयोगमा समय बित्नेछ। साथीभाइसँगको सम्बन्धमा भने केही असमझदारी बढ्न सक्ने भएकाले सचेत रहनुहोला। नयाँ मित्रको सङ्गतले बौद्धिक विकास हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। बोलीको प्रभावले रोकिएका कामहरू सम्पादन हुनेछन्। अध्ययन र व्यक्तित्व विकासका लागि समय उत्तम छ। घरपरिवारमा तपाईंको निर्णयको सम्मान हुनेछ, यद्यपि मानसिक रूपमा केही एक्लोपन महसुस हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सिर्जनात्मक क्षमतामा वृद्धि हुने र कार्यक्षेत्रमा सहजता आउने दिन छ। विगतका गल्तीहरू सुधार्दै अघि बढ्दा सफलता मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। तर, जिद्दी गर्ने बानीले सामान्य विवाद निम्त्याउन सक्ने भएकाले लचकता अपनाउनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज खर्च बढ्ने र दौडधूप धेरै हुने समय छ। आर्थिक लेनदेन र सट्टापट्टामा विशेष सावधानी अपनाउनुहोला। कानुनी अड्चन वा दण्ड–जरिवानाको जोखिम रहेकाले सतर्क रहनुपर्छ। सवारी साधन र राखनधरनमा ध्यान दिनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाइ र बन्धुबान्धवको सहयोगले महत्वपूर्ण कामहरू बन्नेछन्। राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट सम्मान मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विवेकको प्रयोग गरेर गरिएको निर्णयले दीर्घकालीन लाभ दिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीति वा समाजसेवामा आबद्ध व्यक्तिहरूका लागि आज मान–सम्मान मिल्ने विशेष दिन हो। सरकारी कामबाट फाइदा पुग्नेछ। कार्यभार बढे पनि आपसी समन्वयका कारण कामहरू सफल हुनेछन्। योजनाबद्ध ढंगले अघि बढ्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। जनसम्पर्क र नेटवर्किङको माध्यमबाट आम्दानीमा वृद्धि हुनेछ। सेयर बजार वा स्थिर सम्पत्तिमा लगानीको अवसर मिल्न सक्छ। घरपरिवारमा समय दिन नसक्दा केही गुनासो सुन्नुपर्ला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मानसिक रूपमा केही विचलित महसुस हुन सक्छ। काममा ढिलासुस्ती र अवरोध आउने सम्भावना छ। जोखिमपूर्ण काममा हात नहाल्नु नै वेश हुनेछ। अरूको कुरामा लाग्दा सम्बन्धमा दरार आउन सक्छ, त्यसैले आफ्नै निर्णयमा विश्वास गर्नुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनसाथी वा प्रेमीसँगको सम्बन्ध मधुर रहनेछ। वैदेशिक व्यापार, पर्यटन र आयात–निर्यातसँग सम्बन्धित काममा सफलता मिल्नेछ। रमाइलो यात्राको योग छ। यद्यपि, विलासिताका वस्तुमा खर्च बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रिस र आवेगलाई नियन्त्रण गर्न सके आजको दिन निकै फलदायी छ। तर्क–वितर्क र प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। पढाइ र रचनात्मक काममा राम्रो प्रतिफल मिल्नेछ। चुनौतीहरूलाई चिर्दै आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक र शैक्षिक क्षेत्रका लागि आजको दिन उत्कृष्ट छ। सन्तानबाट सुखद समाचार प्राप्त हुनेछ। परीक्षा वा प्रतिस्पर्धामा विजय मिल्नेछ। भविष्यका लागि केही ठोस अवसरहरू प्राप्त हुन सक्छन्। आफ्नो सीप निखार्ने प्रयत्न गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरायसी काम र पारिवारिक जिम्मेवारीमा समय बित्नेछ। कार्यस्थलमा केही दबाब महसुस हुन सक्छ र उच्च अधिकारीसँगको सम्बन्धमा चिसोपन आउन सक्छ। साझेदारीका काममा सोचविचार गरेर मात्र हात हाल्नुहोला। आर्थिक सन्तुलन भने कायम रहनेछ।
आज को राशिफल हेर्नुहोस
आज को मौसम अपडेट
आज सोम वार को राशिफल
आज देशभरको मौसम आंशिकदेखि सामान्यतया सफा रहने
अब जन्म, विवाह, सम्बन्ध विच्छेदलगायतका राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने काम सुरु
आज शनिवार को राशिफल
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ