आज बैशाख १०गते राशिफल
9 hours ago
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधूप र परिश्रमको समय छ। भावनामा नियन्त्रण राख्नुहोला, नत्र आफ्नै हानी हुन सक्छ। धन लाभ भए पनि आत्मसम्मानमा चोट पुग्न सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मित्र र कुटुम्बको सहयोग मिल्नेछ। सानो प्रयासले घरायसी सुख र धन सञ्चय हुनेछ। भविष्यका लागि लगानी गर्ने उत्तम समय हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): इच्छाशक्ति र साहस बढ्नेछ। प्रविधि र खोजमा रुचि जाग्नेछ। नाम र प्रतिष्ठा कमाउने अवसर मिल्नेछ, आलस्य त्याग्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मन प्रसन्न र शरीर हलुका रहनेछ। सामाजिक र धार्मिक कार्यमा मन जानेछ। मार्केटिङ र विज्ञापनको क्षेत्रमा सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): स्वास्थ्यमा केही समस्या देखिए पनि काममा जुट्नुपर्नेछ। आर्थिक बोझ बढ्न सक्छ। जोखिमपूर्ण काममा सतर्कता अपनाउनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यक्तित्वमा निखार आउनेछ। कार्यालयमा नयाँ जिम्मेवारी मिल्न सक्छ। आफ्नो मात्र स्वार्थ नहेरी परिवारलाई पनि समय दिनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विद्वान् र भद्र व्यक्तिको साथ मिल्नेछ। प्रशासनिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आन्तरिक ऊर्जा र आत्मबल बढ्नेछ। जुनियर कर्मचारी वा सन्तानबाट लाभ मिल्नेछ। साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): घरायसी कामको चापले कार्यक्षेत्रमा प्रभाव पर्न सक्छ। शङ्कालु बानीले सम्बन्धमा दरार आउन सक्छ, आपसी समन्वयमा जोड दिनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सेवामूलक र निर्माण कार्यमा संलग्नहरूलाई लाभ हुनेछ। रोकिएका काम सुचारु हुनेछन्। नयाँ कुरा सिक्ने र सिकाउने अवसर मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): आर्थिक कारोबार र हिसाबकिताब मिलाउने दिन हो। मिहिनेतको फल मिल्नेछ र गुरुजनबाट प्रशंसा पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पेसागत उन्नति हुनेछ। गम्भीर स्वभाव बढ्ने र एकान्तमा रमाउन मन लाग्नेछ। आशावादी बन्नुहोला, काममा सफलता मिल्नेछ।
आज बुधवार को राशिफल
आज को राशिफल हेर्नुहोस
आज को मौसम अपडेट
आज सोम वार को राशिफल
आज देशभरको मौसम आंशिकदेखि सामान्यतया सफा रहने
अब जन्म, विवाह, सम्बन्ध विच्छेदलगायतका राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने काम सुरु
आज शनिवार को राशिफल
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ