आज राति बिश्व कप फुटबल काे दोस्रो सेमिफाइनल का दुई खेल हुदै
4 years ago
मङ्सिर २८गते :कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ ।
कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।
फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो ।
आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । गए राति अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएर फाइनल यात्रा तय गरेको छ ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा