आज सोम वार को राशिफल
4 days ago
आजको राशिफल: २०८३ बैशाख ८ गते, सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कार्यक्षेत्रमा तपाईंको कामको कदर हुनेछ। बोलीमा मिठास ल्याउनुहोला, पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सरकारी काममा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नाले रोकिएका काम सुचारु हुनेछन्। कृषिक्षेत्र र व्यापारमा लगानी बढाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थिक र मानसिक तनाव बढ्न सक्छ। ठूला योजनामा आज हात नहाल्नु नै बेस हुनेछ। धैर्यताका साथ चुनौतीको सामना गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) योजनाअनुसार सबै काम सम्पन्न हुनेछन्। पार्टनरसँगको यात्रा र आपसी समन्वयले मन प्रसन्न रहनेछ। ठेक्कापट्टामा विशेष लाभ मिल्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा जिम्मेवारी थपिनेछ। मिहिनेतले करियरमा सुधार आउनेछ। मान्यजनको आशीर्वादले आजको दिन फलदायी रहने देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठा बढ्ने र सामाजिक कार्यमा रुचि जाग्ने समय छ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दीनदुःखीलाई सहयोग गर्दा आत्मसन्तुष्टि मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खानपान र स्वास्थ्यमा ध्यान दिनुहोला। लगानी उठाउन केही सङ्घर्ष गर्नुपर्ला। आध्यात्मिक कार्यमा लाग्नु कल्याणकारी हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण निर्णय लिन आजको दिन उपयुक्त छ। व्यापार र प्रेम जीवनमा सुखद परिणाम मिल्नेछ। नयाँ अवसरको ढोका खुल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) शत्रुमाथि विजय प्राप्त हुनेछ। नोकरीमा पदोन्नति वा प्रशंसा मिल्न सक्छ। आँटेका काममा मिहिनेत गरे अनुसारको साख जोगिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शिक्षा र कन्सल्टेन्सी क्षेत्रमा रहेकाहरूलाई राम्रो लाभ मिल्नेछ। सन्तान पक्षबाट खुसी मिल्नेछ। सिर्जनात्मक काममा सफलता पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) घरपरिवारमा समय बिताउनु राम्रो हुन्छ। जग्गाजमिन र शेयर कारोबारमा फाइदा पुग्नेछ। केही अलमल भए पनि अन्त्यमा राम्रै हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) परिश्रमको उचित फल मिल्ने समय छ। साथीभाइ र सहयोगीको राम्रो साथ पाइनेछ। सामाजिक सम्बन्ध थप बलियो र सुदृढ बन्नेछ।
आज बैशाख १०गते राशिफल
आज बुधवार को राशिफल
आज को राशिफल हेर्नुहोस
आज को मौसम अपडेट
आज देशभरको मौसम आंशिकदेखि सामान्यतया सफा रहने
अब जन्म, विवाह, सम्बन्ध विच्छेदलगायतका राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणलाई नागरिक एपमा एकीकृत गर्ने काम सुरु
आज शनिवार को राशिफल
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ