काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी
3 months ago
बैशाख १९गते ✍️ होप अनलाईन मिडिया
काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी राखिएको छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा आज विशेषगरी कामपा–१६ बालाजु क्षेत्रमा पर्ने विष्णुमति र धोबीखोला नदी किनारका अवैध घरटहरा हटाउने काम भइरहेको छ।
यससँगै कामपा–१५ स्वयम्भू आसपासका क्षेत्रमा पनि अतिक्रमित संरचना हटाउने कार्य अघि बढिरहेको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत स्थानमा रहेका अवैध बस्ती हटाउने अभियान निरन्तर सञ्चालनमा रहेको छ।
यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाइएको थियो। हालसम्म उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको जनाइएको छ।
अभियानका क्रममा विस्थापित भएका परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राख्ने व्यवस्था गरिएको छ। सम्बन्धित निकायले नदी किनार संरक्षण, बाढी जोखिम न्यूनीकरण र सार्वजनिक जग्गाको संरक्षणका लागि यस्तो अभियानलाई अझ कडाइका साथ अगाडि बढाउने जनाएको छ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल