कार्तिक ४, २०८३

काठमाडौं प्रवेश गर्ने सुरुङमार्गमा सवारीअनुसार टोल शुल्क

2 months ago

 

भदौ १०गते ✍️ होप अनलाईन मिडिया

राजधानी प्रवेश तथा बाहिरिने यात्रालाई सहज बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि वर्गअनुसार टोल शुल्क निर्धारण गरिएको छ।

व्यवस्थाअनुसार काठमाडौं प्रवेश गर्ने कार तथा भ्यानले ६५ रुपैयाँ, मिनीबस तथा ट्रकले ११५ रुपैयाँ, ठूला बस तथा ट्रकले २६० रुपैयाँ तथा भारी उपकरणले ६ सय रुपैयाँ तिर्नुपर्नेछ। बाहिरिने क्रममा भने कार तथा भ्यानलाई ६०, मिनीबस तथा ट्रकलाई ८०, ठूला बस तथा ट्रकलाई २०० र ठूला उपकरणलाई २५० रुपैयाँ शुल्क तोकिएको छ।

टोल रकम नगदसँगै एन–ट्यागबाट समेत भुक्तानी गर्न सकिनेछ। एन–ट्याग विभिन्न बैंकमार्फत उपलब्ध हुने जनाइएको छ।

सुरक्षाका कारण मोटरसाइकल, तीनपांग्रे सवारी तथा इन्धन बोकेका ट्रकलाई सुरुङमा प्रवेश निषेध गरिएको छ। सुरुङभित्र पर्याप्त हावा, प्रकाश, सञ्चार, विद्युत् तथा आगलागी नियन्त्रणको व्यवस्था गरिएको छ। विद्युत् अवरुद्ध भए वैकल्पिक स्रोतबाट तत्काल आपूर्ति गर्ने प्रबन्धसमेत गरिएको छ।

सुरुङमा छुट्टै गति सीमा तोकिए पनि ओभरटेक गर्ने र विपरीत लेनमा प्रवेश गर्ने कार्यलाई निषेध गरिएको छ।