ग्यास सय , पेट्रोल मा २० ,र डिजेल ,मट्टिते ३० रूपैया ले भाउ घट्यो
3 weeks ago
असार १६गते ✍️ होप अन लाईन मिडिया

नेपाल आयल निगम लिमिटेडले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। नयाँ दरअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ४० रुपैयाँले सस्तो भएको छ। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर १०० रुपैयाँले घटाइएको छ।
मूल्य समायोजनपछि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल १९५ रुपैयाँ, आन्तरिक हवाई इन्धन २२९ रुपैयाँ प्रतिलिटर र एलपी ग्यास २,०६० रुपैयाँ प्रतिसिलिण्डर कायम भएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्नुका साथै मध्यपूर्व क्षेत्रमा युद्धविरामको वातावरण बनेपछि आयात लागत कम भएको भन्दै निगमले सोहीअनुसार स्वदेशमा इन्धनको मूल्य समायोजन गरेको जनाएको छ।
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल
असार २८गते आइतवार को राशिफल
असार २५गते विहिवार को राशिफल
असार २५गते विहिवार को राशिफल
असार २०गते शुक्रवार को राशिफल