चट्याङ लाग्दा एक जाना को मृत्यु २जाना घाईते
1 month ago
भदौ २५ गते ✍️ होप अनलाईन मिडिया
सङ्खुवासभाको पाँचखपन नगरपालिकामा चट्याङ पर्दा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
पाँचखपन नगरपालिका–८ पोख्राङस्थित अलैँची भट्टिमा अलैँची केलाइरहेका बेला गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर स्थानीय २८ वर्षीय उमेश दाहालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चट्याङको प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई तत्कालै पाँचखपन आधारभूत अस्पताल (वाना) पुर्याइए पनि चिकित्सकले बचाउन सकेनन्। अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषणा गरिएको थियो।
उक्त घटनामा परी सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको हाल पाँचखपन आधारभूत अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ भर्तिवाल डाँडास्थित प्रहरी चौकीबाट टोली खटिएको थियो। घटनास्थल उक्त प्रहरी चौकीबाट करिब चार किलोमिटर पूर्वतर्फ पर्दछ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा