ट्याङ्कर बाट तेल चाेरि गर्दै गर्दा दुई जाना पक्राउ
3 years ago
जेठ३१गते :नेपाल आयल निगमको भलबारी डिपोमा आउँदै गरेको ट्यांकरबाट तेल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
डिपोमा आउँदै गरेको लु २ ख ७३७ नं को ट्यांकर पडसरीस्थित यादव पेट्रोल पम्पमा रोकेर तेल चोरी भएको थियो ।
उक्त ट्यांकरमा लगाइएको सिल तोडेर तेल बेच्दै गरेको अवस्थामा नेपाल प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
व्यवसायीको सहयोगमा ट्यांकर चालकले तेल चोरेर पेट्रोल पम्पमा बेच्दै गरेको अवस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए । पक्राउ परेकालाई चोरी आरोपमा मुद्दा चलाइएको उनले बताए ।
पक्राउ पर्नेमा ट्यांकर चालक भारत जिल्ला महाराजञ्ज थाना नौतनवाका चालक ३८ वर्षीय मोहमद मुहिम र सोही ठाउँका सहचालक २२ वर्षीय रविन्द्र गौतम रहेका छन् । ओमसतिया गाउँपालिका १ मा रहेको यादव आयल फिलिङ सेन्टरको पछाडि लक गरेको ट्यांकरको सिल तोडिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोशाकमा खटिएको टोलीले ट्यांकर नजिकै इन्धन भरिएको अवस्थामा दुई वटा ग्यालेन, पाइप, नक्कली सिल, बाल्टिनलगायत सामग्री समेत बरामद गरेको छ । उनीहरुले सय लिटर बढी तेल चेरी गरेको प्रहरीले जनाएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ