‘डायलासिस’ सेवा सुरु आँबुखैरेनी अस्पतालमा
3 years ago
मङ्सिर १९ ,गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका मिर्गौला बिरामीलाई डायलासिसको लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ।
डायलासिस सेवा प्राप्त गर्न महिनौँसम्म पालो कुर्नुपर्ने कठिनाइलाई ध्यानमा राखी सेवा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सेवा चाँडै नै सञ्चालन गरिने र त्यसको लागि तीन थान डायलासिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको उहाँले बताउनुभयो । ‘डायलासिस’ युनिटको लागि पाँच उपकरण हुनुपर्ने भएपनि तीन वटा मात्रै भएकोले समस्या परेकोले थप दुई उपकरण माग गरिएको चुमानले बताउनुभयो ।
करिब ४३ लाख ९२ हजार बराबरको डायलासिस उपकरण आइपुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलासिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलासिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो प्रयासले सार्थकता पाएको छ, अब चाँडै नै डायलासिस सेवा सुरु हुन्छ ।” गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

मिर्गौला पीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरिएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता अन्त्य गर्न सेवा सुचारु गर्न लागिएका उपाध्यक्ष अर्याल बताउनुहुन्छ । हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर सञ्चालनमा छ । मिर्गौलापीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ ।
स्रोत :- gorkhapatraonline.com
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल