त्रिपुरेश्वरमा बसभित्रै आगजनी हुँदा घाइते चालक लामाको निधन
4 weeks ago
असोज ६गते ✍️ होप अनलाईन मिडिया
काठमाडौँको त्रिपुरेश्वर चोकमा एक सार्वजनिक बसभित्र आगो लाग्दा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारको क्रममा ज्यान गएको छ। बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बसमा सोमबार दिउँसो आगजनी भएको थियो।
मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको उक्त बसमा मध्याह्न साढे १२ बजेतिर आगलागी भएको हो। तत्कालै दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइए पनि २५ वर्षीय चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। गम्भीर अवस्थामा कीर्तिपुर अस्पताल भर्ना गरिएका उनको सोमबार राति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा घटना हुनुभन्दा केही मिनेटअघि (दिउँसो १२:३७ बजेतिर) चालक लामाको ट्राफिक प्रहरीसँग भनाभन भएको पाइएको छ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका (सिस्नेरी) स्थायी घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका लामा परिवारका सात भाइमध्ये एक हुन्। ६–७ वर्षदेखि सवारी चलाउँदै आएका उनले यसअघि ट्याक्सी र चन्द्रागिरि यातायात चलाउने गरेका थिए भने विगत ३–४ महिनायता रिद्धिसिद्धि यातायातमा चालकका रूपमा कार्यरत थिए।
घटना के-कसरी भयो र आगलागीको मुख्य कारण के हो भन्ने विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा