दमकमा सटगनसहित एक जना पक्राउ
2 months ago
भदाै ६ गते ✍️ होप अनलाईन
इलाका प्रहरी कार्यालय दमकले सटगनसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमकमा रहेको एक ग्यारेजमा काम गर्दै आएका सुमन कर्ण रहेका छन्।
विशेष सूचनाका आधारमा शनिबार ग्यारेजमा पुगेको प्रहरी टोलीले कर्णलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कार्यस्थलमा कपडाले बेरेर राखिएको अवस्थामा एउटा सटगन फेला पारेको जनाएको छ।
बरामद हतियार कहाँबाट ल्याइएको हो र त्यसको प्रयोगका सम्बन्धमा कर्णको संलग्नता के–कस्तो थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 1 week ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 2 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 2 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 2 weeks ago