कार्तिक ४, २०८३

देवीघाटमा नयाँ पुल जडान, बिहीबारदेखि पैदलयात्री र शुक्रबारदेखि सवारी सञ्चालन हुने

1 month ago

 

भदौ २५ गते ✍️ होप अनलाईन मिडिया

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको देवीघाटस्थित पुल बगाएपछि अवरुद्ध बनेको यातायात सम्पर्क पुनःस्थापित गर्न नयाँ वैकल्पिक पुल जडान गरिएको छ।

नेपाली सेनाले लगातार पाँच दिनसम्म काम गरेर बुधबार साँझ ‘एक्रो ब्रिज’ जडान सम्पन्न गरेको हो। प्रधानमन्त्री कार्यालयका अनुसार नयाँ पुलबाट बिहीबारदेखि पैदलयात्री आवतजावत गर्न सक्नेछन् भने शुक्रबारदेखि सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।

भोटेकोशी नदीमा आएको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि नुवाकोटसहित आसपासका क्षेत्रमा आवतजावत प्रभावित भएको थियो। पुल नहुँदा स्थानीय बासिन्दा, व्यापारी तथा यात्रुहरूले लामो समयदेखि कठिनाइ भोग्दै आएका थिए।

नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल निर्माण तथा जडानको काम सम्पन्न गरेपछि अवरुद्ध यातायात सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। नयाँ पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र व्यवसायीलाई समेत ठूलो राहत पुग्ने भएको छ।