दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
2 months ago
जेठ १७गते ✍️ होप अनलाईन मिडिया
खानी तथा भूगर्भ विभाग ले दैलेख क्षेत्रमा पेट्रोलियम उत्पादनको सम्भावना अघि बढाउन दोस्रो चरणको सहकार्यका लागि तयारी थालेको छ। विभागले व्यावसायिक उत्खनन प्रक्रिया अगाडि बढाउन चीनको प्राविधिक टोलीसँग थप सम्झौता गर्ने गृहकार्य गरिरहेको जनाएको हो।
नेपालमा पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनको सम्भावना अध्ययन गर्न चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य पूरा गरिएको छ।
परियोजनामा संलग्न प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल अध्ययन, म्याग्नेटोटेल्युरिक परीक्षण तथा जियो–केमिकल नमूना संकलनजस्ता विभिन्न अनुसन्धान सम्पन्न गरेको जनाएको छ। प्रारम्भिक परीक्षणबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको सम्भावना देखिएको विभागको भनाइ छ।
अन्वेषण कार्य सफलतापूर्वक अघि बढेमा नेपालले इन्धन आयातमा भइरहेको ठूलो खर्च घटाउन सक्ने अपेक्षा गरिएको छ। साथै, आन्तरिक उत्पादनले आर्थिक विकास, ऊर्जा सुरक्षासहित आयात प्रतिस्थापनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल