नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
13 hours ago
जेठ २१गते ✍️ होप अनलाईन मिडिया
नेपाल मा विदेशी पर्यटक आगमनले उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२६ को मे महिनामा मात्रै एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल पर्यटन बोर्ड का अनुसार मे महिनामा कुल एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल आएका हुन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब १९ प्रतिशतले बढी हो । गत वर्ष मे महिनामा ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका थिए ।
कोरोना महामारीअघि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसको तुलनामा अहिलेको आगमन उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल आएका छन् भने चीनबाट ११ हजार ५१४, अमेरिकाबाट नौ हजार एक, बंगलादेशबाट पाँच हजार २९८ तथा बेलायतबाट तीन हजार ३७५ पर्यटक नेपाल आएका छन् ।
तथ्यांकअनुसार कुल पर्यटकमध्ये ४७ दशमलव २ प्रतिशत सार्क राष्ट्रका नागरिक रहेका छन् । त्यस्तै अन्य एसियाली मुलुकबाट १९ दशमलव ९ प्रतिशत, युरोपबाट १३ दशमलव १ प्रतिशत, अमेरिका क्षेत्रबाट १० दशमलव ३ प्रतिशत पर्यटक नेपाल आएका छन् ।
पर्यटन बोर्डले अन्तर्राष्ट्रिय परिस्थितिका केही प्रभाव देखिए पनि विश्व बजारमा नेपालप्रतिको आकर्षण बढ्दै गएकाले आगामी महिनामा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरेको जनाएको छ ।
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना