नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा
3 years ago
१ पुस, काठमाडौं । नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ ।
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । यसो हुनुमा शिक्षामा ठूलो रकम विदेशिनु हो ।
नेपालले कात्तिक मसान्तसम्म विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आव २०७८/७९ को तुलनामा १३७ प्रतिशत धेरै हो । सो आवमा यस अवधिमा मात्र ७ अर्ब ५८ करोड रुपैयाँ आम्दानी भएको थियो ।
समीक्षा अवधिमा भ्रमण व्यय भने ३३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जसमा शिक्षामा २२ अर्ब ६१ करोड विदेशिएको छ । यसअनुसार १० अर्ब ४५ करोड रुपैयाँ भने नेपालीले विदेश घुमफिरमा खर्च गरेका छन् ।
अघिल्लो आवको यसै अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड रुपैयाँ थियो । जसमा शिक्षाका लागि विदेशिएको रकम १० अर्ब ७० करोड थियो । अर्थात सो आवको चार महिनामा भ्रमणमा विदेशिने रकम ९ अर्ब ४९ करोड रहेको थियो ।
तथ्यांक अनुसार नेपालबाट भ्रमण शीर्षकमा बाहिरिने रकम भने गत आवकै हाराहारीमा छ । यसवर्ष पर्यटक आगमन बढ्दा यस क्षेत्रको आम्दानीमा वृद्धि भएको हो । सन् २०२२ को नोभेम्बरसम्म ५ लाख ४२ हजार ९७५ जना पर्यटक आइसकेका छन् । सन् २०२१ मा पर्यटक आगमन मात्र १ लाख ४९ हजार ८३३ जना मात्र थियो
सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज
आज आइतवार को माैसम कस्तो छ
काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी
भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला
आज बाट नया भर्ना सुरू निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना शुल्क फिर्ता गर्न निर्देशन
गरगहना चोरि गर्ने तारकेश्वर नगरपालिका पैँयुटारबाट पक्राउ
आज मगलवार को राशिफल
पूर्वविशिष्ट पदाधिकारीको वैदेशिक उपचार खर्च कटौती गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
सर्लाहीमा बँदेलको आक्रमणबाट युवकको मृत्यु,