कार्तिक ४, २०८३

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर

2 months ago

 

साउन २४ गते ✍️ होप अनलाईन

 

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। आजका लागि अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

युरोपेली मुद्रातर्फ एक युरो खरिद गर्दा १७५ रुपैयाँ २७ पैसा र बिक्री गर्दा १७५ रुपैयाँ ९६ पैसा पर्नेछ। त्यसैगरी बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्रामा अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर ११८ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। यी मुद्राको बिक्रीदर क्रमशः १०७ रुपैयाँ ४६ पैसा, १०८ रुपैयाँ ८८ पैसा र ११९ रुपैयाँ १४ पैसा रहेको छ।

एसियाली मुद्रातर्फ १० जापानी येनको खरिददर ९ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ९ रुपैयाँ ६४ पैसा छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियालको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा कायम गरिएको छ भने कतारी रियालको खरिददर ४१ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

यसैगरी थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ। साथै हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको खरिद तथा बिक्रीदर पनि आजका लागि अद्यावधिक गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकता परेमा विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्छ। वाणिज्य बैंकहरूले लागू गर्ने दर भने केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण सम्बन्धित बैंक वा नेपाल राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने जनाइएको छ।