बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क फोन, डाटा र एसएमएस सुविधा
2 months ago
भदौ ११गते ✍️ होप अनलाईन मिडिया
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत पुग्ने गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले टेलिफोन, इन्टरनेट र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म विशेष सुविधा दिने निर्णय गरेको हो।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका बासिन्दाले दुई दिनसम्म अनलिमिटेड भ्वाइस कल, दैनिक २ जीबी मोबाइल डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन्।
बाढी प्रभावित क्षेत्र तथा आसपासका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउन टेलिकमले एसएमएसमार्फत नियमित सूचना प्रवाह गरिरहेको जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी नेपाल टेलिकमका सातवटा टावरमा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा सेवा पुनःव्यवस्थित गर्न टेलिकमको प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
यसैबीच, बाढी प्रभावितको उद्धार, राहत तथा खोजी कार्यमा प्रयोग हुने हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगमले नुवाकोटको त्रिशूलीमा इन्धनसहितको ट्यांकर पठाएको छ। काठमाडौँबाट तत्कालै इन्धन आपूर्ति व्यवस्थाका लागि ट्यांकर परिचालन गरिएको निगमले जनाएको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा