ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
2 months ago
जेठ ३१गते ✍🏿 होप अनलाईन मिडिया
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक खेलमा ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिएका छन्। आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एक–एक अंक हात पारेका हुन्।
खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। ब्राहिम डियाजको सुन्दर पासलाई सदुपयोग गर्दै उनले टोलीलाई सुरुआती खुशी दिलाए।
तर ब्राजिलले धेरै बेर दबाबमा बस्नुपरेन। खेलको ३२औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले जितका लागि लगातार प्रयास गरे पनि थप गोल निस्कन सकेन।
दोस्रो हाफमा ब्राजिलले बल नियन्त्रणमा राख्दै आक्रमणलाई तीव्र बनायो भने मोरक्कोले अनुशासित रक्षात्मक खेल प्रदर्शन गर्यो। दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न नसक्दा खेल बराबरीमै टुंगियो।
यस नतिजासँगै समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले समान एक–एक अंक जोडेका छन्। सोही समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल