कार्तिक ४, २०८३

भारी वर्षाको सम्भावनापछि विद्यालय सञ्चालनमा सतर्कता अपनाउन मन्त्रालयको आग्रह

4 weeks ago

असोज ८गते ✍️ होप अनलाईन मिडिया

 

मौसममा प्रतिकूल अवस्था सिर्जना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय तथा अभिभावकलाई आवश्यक पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार विभिन्न स्थानमा ठूलोदेखि अति ठूलो वर्षा हुनुका साथै हिमपात, हावाहुरी र चट्याङको जोखिमसमेत देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहसँग समन्वय गरी बिहीबार र शुक्रबार आवश्यकता अनुसार विद्यालयमा बिदा दिन तथा सञ्चालनमा रहेका परीक्षा स्थगित गर्न मन्त्रालयले आग्रह गरेको हो।

मौसमजन्य विपद्का कारण विद्यार्थी तथा विद्यालय समुदायमा हुनसक्ने जोखिम कम गर्न स्थानीय अवस्थाको मूल्याङ्कन गरेर निर्णय लिनसमेत मन्त्रालयले सम्बन्धित निकायलाई सुझाव दिएको छ।

त्यसैगरी, अभिभावकलाई बालबालिकालाई जोखिमयुक्त नदी, खोला, पोखरी, पहिरो जान सक्ने क्षेत्र तथा अन्य असुरक्षित स्थानमा जान नदिन मन्त्रालयले अनुरोध गरेको छ।

सम्भावित वर्षा र विपद्को अवस्थालाई ध्यानमा राख्दै विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकतामा राखेर आवश्यक सावधानी अपनाउन मन्त्रालयले सबै पक्षसँग आग्रह गरेको छ।