मदिरा सेवन गर्न अब लाईसेन्स चाहिने
3 years ago
साउन १६गते :यदि तपाईं जुम्लाको गुठीचौर गाउँपालिकामा हुनुहुन्छ भने आफूले चाहँदैमा मदिरा सेवन गर्न पाउनुहुने छैन । उक्त गाउँपालिकाले भदौ १ बाट लागू हुने गरी ल्याउन लागेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले पियक्कडलाई मद्यपानका लागि ‘लाइसेन्स’ लिनुपर्ने भएको हो ।
कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ ।
पालिका बाहिरका मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको छ ।
गुठीचौर गाउँपालिकाले १५ औं गाउँसभाबाट उक्त कार्यविधि पारित गरेको हो । पालिकाले मदिरा बेच्नेका हकमा पनि नियम तय गरेको छ । कार्यविधिमा थोक विक्रेताले बिहान ७ देखि बेलुका ५ बजेसम्म र खुद्रा विक्रेताले बेलुका ६ देखि ९ बजेसम्म मात्रै मदिरा बेच्न पाउने व्यवस्था गरिएको छ । मदिरा सेवन र बिक्रीवितरणका कारण शान्ति सुरक्षामा खलल पुगेको भन्दै इजाजत कार्डको व्यवस्था गर्न लागिएको गाउँपालिकाका प्रवक्ता अर्जुन महतराले बताए । ‘कार्यविधि लागू गर्न पालिकाले साउन महिनाभर हरेक गाउँबस्ती र टोलमा मदिराविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको छ,’ प्रवक्ता महतराले भने । उनले कार्यविधिबारे सर्वसाधारणलाई बुझाउन जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवक खटाइएको बताए ।#याे खबर कान्तिपुर मा छ#
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै