मनास्लु हिमालमा हिमपहिरो: जर्मन आरोही र नेपाली गाइडको निधन
4 weeks ago
असोज ५ गते ✍️ होप अनलाईन मिडिया
मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली सहयोगी (गाइड) फुर्सेम्बा शेर्पा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू तेस्रो शिविर (क्याम्प ३) मा टेन्टभित्र सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोले करिब सात फिट तल पुरिएका थिए। मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु चुचुरोतर्फ लागेका उनीहरूको शव अाज हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
यस दुःखरद घटनासँगै चालु आरोहण याममा मनास्लु हिमालमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। यसअघि दोस्रो शिविरमा ५० वर्षीय सिङ्गापुरका आरोही लाउ वी सेङ र आधार शिविरमा २० वर्षीय नेपाली सहयोगी टासी शेर्पाको निधन भइसकेको छ।
यस सिजनका लागि बाटो बनाउने (रोप फिक्सिङ) काम सम्पन्न भइसकेको छ भने ४८० जना विदेशी आरोहीहरूले मनास्लु आरोहणको अनुमति लिएर अन्तिम तयारी गरिरहेका छन्।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा