रामेछाप लाई हराउदै तेस्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल सिन्धुली ले जित्यो
2 years ago
कात्तिक २१गते :तेस्रो राष्ट्रिय माझी गोल्ड कप फुटबलको उपाधि सिन्धुलीले जित्न सफल भएको छ। मङ्गलवार आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा रामेछापलाई पछि पार्दै सिन्धुलीले उपाधि जित्न सफल भएको हो।
नेपाल माझी उत्थान संघ सिन्धुली ‘ए’ ले हरिहरपुर गाउँपालिका वडा नं ५ बोटेनी खेल मैदानमा नेपाल माझी उत्थान संघ रामेछापमाथि ७–६ ले जित निकालेको थियो। यस अगाडि रामेछापले सिन्धुली, बारा र सिन्धुली ‘ए’ लाई हराउँदै फाइनलमा पुगेको थियो।
दिउँसो २ बजेदेखि सुरु भएको खेलमा सुरुवाती अग्रता लिएको रामेछापलाई रोक्दै सिन्धुलीले उपाधि चुम्यो । निर्धारित समयसम्म दुवै तर्फ २–२ को बराबरीमा पुगेपछि खेल ट्राइबेकरमा गएको थियो। जसमा सिन्धुलीले ७ गोल गर्यो भने रामेछापले ६ गोल मात्रै गर्न सक्यो।
उपाधि जितेसँगै आयोजक सिन्धुलीले प्रथम पुरस्कार नगद २ लाख ६५ हजार ५५५ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले पुरस्कार प्रदान गरेको थियो।
त्यस्तै उपविजेता रामेछापले १ लाख ३२ हजार २२२ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । भने सिन्धुपाल्चोकलाई ट्राइबेकरमा ३–२ ले हराउँदै सुनसरी जिल्लाले जितेको छ । उसले नगद ६६ हजार ६६६ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।
विभिन्न विधामा समेत खेलाडीहरू नगद १५ र १० हजार सहित पुरस्कृत भएका छन् । यही कात्तिक १३ गतेदेखि सुरु भएको देशभरीका माझी समुदायका फुटबल खेलाडी सम्मेलीत खेलमा २३ टिमको सहभागिता रहेको थियो।
सरकारले निजामती कर्मचारीभित्र रहेका दलीय आधारका ट्रेड युनियनहरू खारेज
आज आइतवार को माैसम कस्तो छ
काठमाडौँ उपत्यकाका नदी किनारामा फैलिएको अतिक्रमण हटाउने अभियान शनिबार पनि निरन्तर जारी
भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला
आज बाट नया भर्ना सुरू निजी विद्यालयहरूलाई कानूनविपरीत असुल गरिएका भर्ना शुल्क फिर्ता गर्न निर्देशन
गरगहना चोरि गर्ने तारकेश्वर नगरपालिका पैँयुटारबाट पक्राउ
आज मगलवार को राशिफल
पूर्वविशिष्ट पदाधिकारीको वैदेशिक उपचार खर्च कटौती गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
सर्लाहीमा बँदेलको आक्रमणबाट युवकको मृत्यु,