सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
4 weeks ago
जेठ ८गते ✍️ होप अनलाईन मिडिया
काठमाडौंमा बढ्दो ट्राफिक जाम, वायु प्रदूषण तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभाग ले बिहीबार सातै प्रदेशका सम्बन्धित निकाय तथा स्थानीय तहलाई परिपत्र पठाउँदै विद्युतीय सवारीसहित कुनै पनि नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन हुन नसक्दा दैनिक यात्रु आवागमन प्रभावित हुँदै गएको, सडकमा सवारीको अत्यधिक दबाब बढेको तथा इन्धनको मूल्य निरन्तर उकालो लागेकाले यस्तो निर्णय लिनुपरेको हो ।
यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार गरिएको विभागले उल्लेख गरेको छ । उक्त कानुनी व्यवस्थाले वातावरणीय असर, सडकको अवस्था वा सवारी चापका कारण आवश्यक ठानेमा सवारी दर्ता नियन्त्रण गर्न सक्ने अधिकार विभागलाई दिएको छ ।
विभागले सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र वैज्ञानिक बनाउने उद्देश्यसहित अर्को सूचना जारी नभएसम्मका लागि यो व्यवस्था तत्काल लागू हुने जनाएको छ ।
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै