सहज रूपमा सुविधा दिन सामाजिक सुरक्षा काेष लाई प्रधान मन्त्री काे निर्देशन

मङ्सिर ११गते :सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकाङ्क्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताउनुभयो।

सम्पूर्ण नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै पनि कमिहुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता जनाउनु भएको छ ।

कोषमा पुग्यो ५१ अर्ब २९ करोड रुपियाँ, ९ लाख बढी योगदाकर्ता 

कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । औपचारिकतर्फ चार लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध भएको कोषले जनाएको छ ।

यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपियाँ संलग्न भएको छ । कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रहेको छ । यस्तै, आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *