सिन्धुलीमा रास्वपाको नयाँ नेतृत्व चयन, अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित
2 months ago
जेठ २४ गते ✍️ होप अनलाईन मिडिया
राष्ट्रिय स्वतन्त्र पार्टी को सिन्धुली जिल्ला समितिले प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वमा सहमति कायम हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी टुंग्याइएको हो ।
शनिबार सम्पन्न मतदानपछि सार्वजनिक मतपरिणामअनुसार अविनाश बस्नेत भारी मतसहित जिल्ला सभापतिमा निर्वाचित भएका छन् । उनले १८१ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गर्दा अर्का उम्मेदवार कर्णबहादुर कार्कीले ४ मतमा सीमित रहे ।
उपसभापति पदमा रामचन्द्र अधिकारी विजयी बने । उनले १०३ मत प्राप्त गरेका छन् । त्यस्तै, सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित निर्वाचित भए । सह–सचिवमा दिनेशप्रसाद सापकोटाले १३० मत ल्याउँदै सफलता हासिल गरेका छन् ।
अधिवेशनपछि नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टी संगठनलाई थप सक्रिय बनाउने, युवापुस्तालाई राजनीतिमा आकर्षित गर्ने तथा जनतासँग प्रत्यक्ष समन्वय बढाउने प्रतिबद्धता जनाएको छ ।
रास्वपाको जिल्ला अधिवेशनलाई सिन्धुलीमा पार्टीको संगठन विस्तार र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल