सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
5 months ago
जेठ १०गते ✍️ होप अनलाईन मिडिया
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ अन्तर्गत पल्धुरी सित्खा पुल नजिक सुनकोसी नदीमा डुबेर दुई बालकको ज्यान गएको छ। आइतबार दिउँसो अत्यधिक गर्मीका बीच नदीमा पौडी खेल्न गएका बालकहरू अचानक बेपत्ता भएपछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए।
मृत्यु हुनेमा वडा नं. ४ का ९ वर्षीय सफल पुलामी र वडा नं. ५ का १० वर्षीय उकेश विक रहेका छन्। स्थानीय जनप्रतिनिधि, प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीको संयुक्त प्रयासपछि दुवै बालकको शव नदीबाट फेला परेको हो।
दुवै बालक प्रगतिशील मावि रातमाटा मा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ। विद्यालय बिदा र बढ्दो गर्मीका कारण उनीहरू नदीमा पुगेको अनुमान गरिएको छ। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने शव परीक्षणका लागि सिन्धुली अस्पताल लैजाने तयारी गरिएको छ।
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा