हास्य कलाकार खेम शर्मा ‘चतुरे’ अब रहेनन् उपचार को क्रम मा निधन
1 month ago
असार ७गते ✍️ होप अनलाईन मिडिया
नेपाली हास्य अभिनय क्षेत्रका परिचित कलाकार खेम शर्मा को निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहनुभएका शर्माको अमेरिकाको बाल्टिमोरस्थित अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको बताइएको छ।
उनको निधनको जानकारी हास्य कलाकार शिवहरि पौडेल ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। शर्माको निधनसँगै नेपाली मनोरञ्जन क्षेत्रले एक अनुभवी र लोकप्रिय कलाकार गुमाएको छ।
‘चतुरे’ नामबाट दर्शकमाझ विशेष पहिचान बनाएका शर्माले टेलिफिल्म, हास्य श्रृंखला तथा चलचित्रमार्फत नेपाली दर्शकको मन जित्न सफल भएका थिए। विशेषगरी ‘चतुरेको दाउपेच’ लगायतका प्रस्तुतीहरूले उनलाई घरघरमा परिचित बनाएको थियो। सरल अभिनय शैली, स्वाभाविक हास्य प्रस्तुति र जीवन्त पात्रका कारण उनी दर्शकमाझ अत्यन्त लोकप्रिय थिए।
पछिल्ला केही वर्षदेखि अमेरिका बसोबास गर्दै आएका शर्मा करिब सात वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेका थिए। स्वास्थ्यमा निरन्तर समस्या देखिएपछि उनी उपचाररत थिए।
उनको निधनप्रति कलाकार, शुभेच्छुक तथा दर्शकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। नेपाली हास्य अभिनय क्षेत्रमा उनले पुर्याएको योगदान सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ। उहाँको निधनले नेपाली कला तथा मनोरञ्जन क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल