सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
2 months ago
जेठ १०गते ✍️ होप अनलाईन मिडिया
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ अन्तर्गत पल्धुरी सित्खा पुल नजिक सुनकोसी नदीमा डुबेर दुई बालकको ज्यान गएको छ। आइतबार दिउँसो अत्यधिक गर्मीका बीच नदीमा पौडी खेल्न गएका बालकहरू अचानक बेपत्ता भएपछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए।
मृत्यु हुनेमा वडा नं. ४ का ९ वर्षीय सफल पुलामी र वडा नं. ५ का १० वर्षीय उकेश विक रहेका छन्। स्थानीय जनप्रतिनिधि, प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीको संयुक्त प्रयासपछि दुवै बालकको शव नदीबाट फेला परेको हो।
दुवै बालक प्रगतिशील मावि रातमाटा मा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ। विद्यालय बिदा र बढ्दो गर्मीका कारण उनीहरू नदीमा पुगेको अनुमान गरिएको छ। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने शव परीक्षणका लागि सिन्धुली अस्पताल लैजाने तयारी गरिएको छ।
इरानी आक्रमणमा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक