Mindblown: a blog about philosophy.
-

सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
जेठ १०गते ✍️ होप अनलाईन मिडिया सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ अन्तर्गत पल्धुरी सित्खा पुल नजिक सुनकोसी नदीमा डुबेर दुई बालकको ज्यान गएको छ। आइतबार दिउँसो अत्यधिक गर्मीका बीच नदीमा पौडी खेल्न गएका बालकहरू अचानक बेपत्ता भएपछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। मृत्यु हुनेमा वडा नं. ४ का ९ वर्षीय सफल पुलामी…
-

सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
जेठ ८गते ✍️ होप अनलाईन मिडिया काठमाडौंमा बढ्दो ट्राफिक जाम, वायु प्रदूषण तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभाग ले बिहीबार सातै प्रदेशका सम्बन्धित निकाय तथा स्थानीय तहलाई परिपत्र पठाउँदै विद्युतीय सवारीसहित कुनै पनि नयाँ सार्वजनिक सवारी साधन…
-

शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
जेठ ८गते ✍️ होप अनलाईन मिडिया नेपाल विद्युत् प्राधिकरण ले काठमाडौँ महानगरपालिका अन्तर्गत शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध विहार आसपास, शंखमुल पुल क्षेत्र, रोजबड स्कूल वरपर, भृगु मार्ग तथा रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४…
-

पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
जेठ ७गते ✍️ होप अनलाईन मिडिया पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया तीव्र बनाएको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै फिर्केखोलाको खोलाघरभित्र बनेका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन निर्देशन दिएको हो। महानगरका अनुसार पोखरा–१८ अँधेरीकुनादेखि विभिन्न वडा हुँदै गाईघाटमार्फत फेवातालमा मिसिने फिर्केखोलाको सीमाभित्र पर्ने संरचनाहरू प्राविधिक…
-

सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
जेठ ५गते ✍️ होप अनलाईन मिडिया सिन्धुली प्रहरीले वि.पी. राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–९ भिमान क्षेत्रबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु के.सी. खत्रीको नेतृत्वमा खटिएको टोलीले मंगलबार दिउँसो करिब ३:३० बजे जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ख २५९५ नम्बरको हायसमा चेकजाँच गरेको थियो। प्रहरीका अनुसार नियमित जाँचका…
-

पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
जेठ ५गते ✍️ होप अनलाईन मिडिया नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा…
-

दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
जेठ ५गते ✍️ होप अनलाईन मिडिया दुर्गा प्रसाईं लाई सोमबार राति वीरगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रसाईं सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका थिए। त्यसपछि उनी बसेको सिद्धार्थ दियालो लर्डस् होटलबाट राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। प्रहरीका अनुसार पत्रकारहरूसँगको भेटका क्रममा सरकारप्रति कडा अभिव्यक्ति दिएपछि ‘उच्च तहको निर्देशन’ अनुसार…
-

मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
जेठ ४गते ✍️ होप अनलाईन मिडिया काठमाडौँ उपत्यकामा अवैध र मापदण्डविपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध प्रहरीले कडा कदम चालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार विभिन्न ९५ वटा कन्सल्टेन्सीहरूमा आकस्मिक छापा मारेको हो। उक्त कारबाहीका क्रममा दर्ता नभएका र नियम मिचेर चलाइएका ६९…
-

केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
जेठ ४गते ✍️ होप अनलाईन मिडिया केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई आइतबार राति काठमाडौंको असनस्थित बांगेमुढा क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। अपहरण, हत्या तथा डकैतीसम्बन्धी मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय पाएकी तामाङ शुक्रबार कारागारबाट फरार भएकी थिइन्। कारागारको पर्खाल नाघेर भागेको…
-

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै
जेठ ४ गते ✍️ होप अनलाईन मिडिया आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुने तय गरिएको छ । नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक शृङ्खलाअन्तर्गत हालसम्म तीन खेल सम्पन्न भइसकेका छन् । स्कटल्याण्डले आफ्ना दुवै खेलमा सफलता हात…
Got any book recommendations?